ग्याँस बुलेटमा आगलागी
चितवन । चितवनमा गुडिरहेको ग्याँस बुलेटमा आगलागी भएको छ ।
आज दिउसो १२ः५० बजे नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ पन्ध्र किलोमा भारतीय नम्बरको ग्याँस बुलेटमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको उक्त ग्यास बुलेटमा अचानक आगलागी भएको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुगेडी, ईप्रका मुग्लिनबाट प्रहरी निरीक्षक.को टोली र जिप्रका बाट प्रहरी उपरीक्षकको सहितको प्रहरी टोली खटिएको थियो ।
ग्यास बुलेटमा लागेको उक्त आगो नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा १ः३५ बजेको समयमा नियन्त्रणमा आएको छ । बुलेटको क्याबिन र अगाडिको टायर जले र क्षति भएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्