बाँकेमा प्रहरी हिरासतमा एक जनाको मृत्यु
नेपालगञ्ज । बाँकेमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर १२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरको शौचालयमा झुन्डिएको अवस्थामा शव फेला परेको छ । उनी आज बिहान करिब ५ बजेतिर झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
हिरासत कक्षबाट शौचालय गएका कुँवरले शौचालयको भेन्टिलेटरमा टी–सर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐन बहादुर मल्लले बताउनुभयो ।
कुँवरलाई वैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले हिरासतमा राखेको मल्लले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्