काभ्रेमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूद्वारा शपथग्रहण बहिस्कार
काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगर पालिकामा नेकपा एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण बहिस्कार गरेका छन् ।
नगरपालिकामा ‘ठूलो दल’को रुपमा निर्वाचित भएको नेकपा एमालेसँग कुनै सल्लाह नै नगरी शपथ ग्रहण कार्यक्रम राखिएको भन्दै उनीहरूले शपथग्रहण कार्यक्रम नै बहिष्कार गरेका हुन् ।
बनेपा नगरमा एमालेले उपप्रमुख, ७ वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । काँग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडा अध्यक्षसहित ५ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
स्थानीय तहको निर्वाचन २०७९ मा नगरप्रमुखमा काँग्रेसका शान्तीरत्न शाक्य, उपप्रमुख एमालेकी विमला सापकोटा दाहाल निर्वाचित हुनुभएको थियो । नगरप्रमुखमा निर्वाचित शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग शपथ लिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्