तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा कांग्रेस र एमालेलाई ४/४ पालिका, माओवादीको एक पालिकामा जीत

तनहुँ । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी नै छ । तनहुँमा पनि दश मध्ये ९ वटा पालिकाको मत परिणाम सार्वजनिक भईसकेको छ ।

जिल्लामा रहेका दश मध्य व्यास नगरपालिकाको भने मतगणना जारी रहेको छ । व्यास–८ को दुई वटा मतदान केन्द्रमा जेठ ४ गते पुनः मतदान भएकाले व्यासको मतगणना गत जेठ ४ गते बुधबार राति बाट सुरु भएको थियो । सोही कारण व्यासको मतगणना जारी रहेको छ भने अन्य पालिकाको मतगणना सकिएको छ ।

जिल्लामा हालसम्म नेपाली कांग्रेस ४ वटा पालिका प्रमुख/अध्यक्ष र ४ वटा उपप्रमुख/उपाध्यक्ष जितेको छ । त्यस्तै नेकपा एमालेले पनि ४ वटा पालिका प्रमुख/अध्यक्ष र २ वटा उपप्रमुख/उपाध्यक्ष जितेको छ । यस्तै नेकपा माओवादी केन्द्रले एउटा गाउँपालिका अध्यक्ष र ३ वटा उपप्रमुख/उपाध्यक्ष जितेको छ ।

पालिकाको नेतृत्वका हिसाबले कांग्रेस र एमाले बाराबार छ भने माओवादी पछि रहेको छ । उपप्रमुख सहित हेर्दा कांग्रेस पहिलो एमाले दोस्रो र माओवादी तेस्रो बनेको छ, ।

गत २०७४ को निर्वाचनमा कांग्रेसले ६ पालिका जितेको थियो भने एमालेले ३ पालिका जितेको थियो । माओवादीले भने एक पालिका जितेको थियो ।

म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
तनहुँको म्याग्दे गाउँपालिकामा मतगणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण घिमिरे विजयी हुनुभएको छ  ।

विजयी श्रेष्ठले ४ हजार ९५० मत ल्याएको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिनुभयो । श्रेष्ठका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी मायादेवी रानाले ४ हजार २३२ मत प्राप्त गर्नुभयो । गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी हुनुभएको हो ।

स्मरण रहोस गत २०७४ सालको निर्वाचनमा काङ्ग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित हुनुभएको थियो । गाउँपालिकाको अध्यक्षमा विजयी श्रेष्ठ नेकपा एमाले तनहुँका अध्यक्ष समेत हुनुहुन्छ । यस्तै अध्यक्षमा पराजित राना निवर्तमान गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ ।

यस्तै उपाध्यक्षमा नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरे ५ हजार ३९ मत प्राप्त गरी विजय हुनुभएको छ  । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका रत्नादेवी घिमिरेले ४ हजार २०० मत पाउनुभयो । उपाध्यक्षमा विजयी घिमिरे यसअघि पनि उपाध्यक्ष हुनुहुन्थ्यो ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार डिलबहादुर नेपालीले ९३१ र उपाध्यक्षमा उठेकी जमुना अधिकारीले एक हजार ४२ मत ल्याउनुभयो ।

म्याग्देमा नेकपा एमालेले ३ वटा वडा र काङ्ग्रेसले ४ वटा वडामा वडाध्यक्ष जितेका छन् । म्याग्दे–१, ३ र ७ मा एमालेले जितेको छ भने वडा नम्बर २, ४, ५ र ६ मा नेपाली काङ्ग्रेसले जितेको छ । म्याग्दे गाउँपालिकामा ११ हजार ९४३ मत खसेको थियो । यहाँ कूल १८ हजार १०५ मतदाता रहेका छन् ।

आँबुखैरेनी गाउँपालिकामा माओवादीको ऐतिहासिक जीत
तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा (माओवादी) केन्द्र विजयी भएको छ । माओवादीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडा जितेको छ । गाउँपालिकाको अध्यक्षमा माओवादीका युवा नेता शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी हुनुभएको छ  ।

सोमबार राति सकिएको मतगणना अनुसार गाउँपालिकाको अध्यक्षमा चुमानले ३ हजार ९४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गिरबहादुर थापाले २ हजार २ ३० मत र नेकपा एमालेका ऋषि केसिले १ हजार ८०४ मत प्राप्त गर्नुभयो । स्मरण रहोस अध्यक्षमा पराजित कांग्रेसका गिरबहादुर थापा आँबुखैरेनी गाउँपालिकाको निवर्तमान अध्यक्ष हुनुहुन्छ  ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा माओवादी कै दुर्गा अर्यालले २ हजार ८४८ मत प्राप्त गरी विजयी हुनुभएको छ । अर्यालको प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी पवित्रा गौलीले २ हजार १८३ मत र नेकपा एमालेकी मिना अधिकारीले २ हजार १ सय २७ मत प्राप्त गर्नुभयो ।

आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्षसहित ३ वटा वडाध्यक्ष, नेपाली काग्रेसले २ वटा वडाध्यक्ष र नेकपा एमालेले एउटा वडाध्यक्ष जितेको छ ।

माओवादीले आँबुखैरेनीको वडा नम्बर १, २ र ५ मा विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेसले वडा नम्बर ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नम्बर ६ मा विजय हासिल गरेको छ । यो जित ऐतिहासिक भएको माओवादी नेताहरुको भनाई छ ।

देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी
तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवार विजयी भएका छन ।

अध्यक्षमा नेपाली काङ्ग्रेसका तिलबहादुर थापा ४ हजार ३०६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गबहादुर थापाले ३ हजार ४८३ मत प्राप्त गरेको निर्वाचन अधिकृत थमनसिं थापाले जानकारी दिनुभयो ।

यस्तै उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका भुवनसिं गुरुङ ३ हजार ७२१ मत प्राप्त गरी विजयी हुनुभएको छ । गुरुङका प्रतिस्पर्धी नेकपा एमालेका सावित्री न्यौपानेले ३ हजार ४६७ मत प्राप्त गर्नुभयो ।

देवघाट गाउँपालिकामा नेपाली काङ्ग्रेसले ३ र नेकपा (एमाले) ले २ वटा वडामा विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेसले देवघाट वडा नम्बर २, ३ र ५ जितेको छ भने नेकपा (एमाले) ले १ र ४ वडा जितेको छ ।

कूल १२ हजार ८१५ मतदातामध्ये गाउँपालिकामा ८ हजार ६४७ मत खसेको थियो ।

ऋषिङ गाउँपालिकामा पुनः कांग्रेस विजयी
तनहुँको ऋषिङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गत २०७४ को निर्वाचनमा पनि ऋषिङ गाउँपालिकामा कांग्रेस विजयी भएको थियो ।

अहिले गत निर्वाचनमा जितेका प्रतिनिधि नै कांग्रेसले ऋषिङमा उम्मेदवार बनाएको थियो ।

सोही अध्यक्ष र उपाध्यक्ष गाउँपालिकामा दोहोरिएका छन् । गाउँपालिका अध्यक्षमा पुनः राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा पुनः गिनु थापा मंगलबार बिजयी हुनुभएको छ ।

विसं ०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उहाँहरु निर्वाचित भएर एक कार्यकाल काम गरिसक्नुभएको छ ।

अध्यक्षमा विजयी श्रेष्ठले ३ हजार ३३५ मत प्राप्त गर्भनुएको छ । उहाँका प्रतिष्पर्धी नेकपा एमाले हरिराज कँडेलले २ हजार ७९२ मत पाउनुभयो । त्यसैगरी स्वतन्त्र उम्मेद्वार श्रीराम थापा पुतली चिन्हबाट ३ हजार ३३ मत पाउनुभयो ।

त्यसैगरी उपाध्यक्षमा दोहोरिएकी गिनुमाया थापाले ४ हजार ४२९ मत ल्याएर विजयी हुन्भएको हो  । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मधुप्रसाद थापाले ३ हजार ४८९ मत पाउनुभएको छ ।

ऋषिङ गाउँपालिकाको ८ वटा वडा मध्य नेपाली काँग्रेसले २,३,४,५ र ६ जितेको छ । ऋषिङ्ग–१ नेकपा माओवादी केन्द्रले जितेको छ भने ऋषिङ ७ र ८ स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । गत निर्वाचनमा पुरै पालिका क्लिन स्विप गरेको नेपाली कांग्रेसले यसपालिका ३ वटा वडा जित्न सकेन ।

घिरिङ गाउँपालिकामा गठबन्धनलाई हराएर एमाले विजयी
तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः नेकपा एमालेका होमबहादुर थापा र राधादेवी अधिकारी निर्वाचित हुनुभएको छ ।

तीन दलीय गठबन्धनलाई पराजित गर्दै घिरिङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको हो ।

अध्यक्षमा विजयी थापाले ४ हजार ३३१ मत हुनुभएको छ । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका गंगाराम कुमालले ३ हजार ५५४ मत पाउनुभयो ।

उपाध्यक्षमा विजयी नेकपा एमालेकी अधिकारीले ४ हजार ४८१ मत पाउनुभएको छ । उहाँको प्रतिष्पर्धी नेकपा (एकिकृत समाजवादी)का पुर्ण बहादुर थापाले २ हजार ७४७ मत पाउनुभयो ।

घिरिङ्गमा सम्पन्न मतगणना अनुसार गाउँपालिका अध्यक्ष , उपाध्यक्षसहित वडा–२, ३ र ४ नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेस वडा नम्बर १ र ५ मा विजयी भएको छ ।

बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुरेन्द्र बहादुर थापा विजयी हुनुभएको छ । थापाले ३ हजार २२९ मतसहित विजयी हुनुभएको हो ।

उहाँले आफ्ना प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका पूर्णसिं थापा र नेपाली कांग्रेसका ध्रुवलाल प्रधानलाई हराउदै गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको हो ।

थापाले ३ हजार १६६ मत र प्रधानले २ हजार ७८९ मत पाएका पाउनुभएको छ  । अध्यक्षमा पराजित थापा गाउँपालिकाको निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी पञ्चमाया गुरुङ विजयी भएकी हुनुभएको छ । गुरुङले ३ हजार २७ मत पाएर विजयी हुनुभएको हो  । 

विजयी गुरुङले आफ्नो प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रकी करुणा गुरुङलाई २ मतले हराएर उपाध्यक्षमा विजयी हुनुभएको  हो । पराजित करुणाले ३ हजार २५ मत पाउनुभएको छ । यस्तै एमाले–जोशी समुह (स्वतन्त्र) केश माया गुरुङले १ हजार ५९५ मत पाउनुभयो  ।

उपाध्यक्षमा पराजीत करुणा गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । अहिले उहाँले जम्मा २ मतले कांग्रेसकी पञ्चमाया गुरुङ संग पराजित हुनुभयो ।

गाउँपालिकाको अध्यक्षमा ६३ र उपाध्यक्षमा २ मतान्तर परेको छ । बन्दीपुर गाउँपालिका कुल १० हजार २०५ मत खसेको थियो । गाउँपालिकामा कुल १५ हजार ६३८ मतदाता छन् ।

बन्दीपुर गाउँपालिकामा ६ वटा वडामा नेकपा एमालेले ३ वटा वडा, नेकपा माओवादीले २ वटा वडा र नेपाली कांग्रेसले एउटा वडा जितेको छ । एमालेले बन्दीपुर–१ , ४ र ६, माओवादीले २ र ५, कांग्रेसले ३ नम्बर वडा जितेको छ ।

भिमाद नगरपालिकामा गठबन्धनलाई हराउदै एमाले विजयी
तनहुँको भिमाद नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेले प्रमुख, उपप्रमुखसहित ५ वटा वडा जितेको छ ।

भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी ८ हजार १२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । सुवेदीका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८५७ मत पाउनुभयो ।

यस्तै उपप्रमुखमा एमालेकै शारदा खनाल ७ हजार ६६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । खनालको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका मिलन आलेले ७ हजार २०५ मत पाउनुभयो ।

भिमाद नगरपालिकाको वडा नम्बर २, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ । नेपाली काङ्ग्रेसले भिमाद–१, ४, ५, ६ जितेको छ ।

कूल जम्मा २४ हजार ८८४ मतदाता रहेको भिमाद नगरपालिकामा १६ हजार १४९ मत खसेको थियो ।

शुक्लागण्डकी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी
तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ ।

नगरप्रमुख (मेयर)मा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपप्रमुख (उपमेयर)मा नेकपा माओवादी केन्द्रका खुम बहादुर विक (राजु) विजयी भएका छन् ।

मेयरमा विजयी पण्डितले १२ हजार २६३ मत ल्याउनुभएको छ । उहाँका प्रतिष्पर्धी नेकपा एमालेका मुक्तिनाथ तिम्सिनाले ९ हजार ८४० मत पाउनुभएको छ ।

मेयरमा विजयी पण्डितले मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गर्नु भएको थियो ।

यता उपमेयरमा विजयी विकले १० हजार २६२ मत ल्याउनुभएको छ । उहाँका प्रतिष्पर्धी नेकपा एमालीकी फुलमाया वाग्लेले ९ हजार ९५७ मत पाउनुभएको छ ।

शुक्लागण्डकी नगरपालिकामा ३८ हजार ३१५ मतदाता रहेकोमा वैशाख ३० गते २५ हजार ९९७ मत खसेको थियो ।

शुक्लागण्डकीको १२ वटा वडा मध्य नेपाली काङ्ग्रेसले नम्बर १, २, ३, ४, ७, नेकपा एमालेले ५, ६, ८, ९, ११, १२ र नेकपा माओवादी केन्द्रले वडा नम्बर १० जितेको छ । शुक्लागण्डकी नगरपालिकामा ३८ हजार ३१५ मतदाता रहेकोमा वैशाख ३० गते २५ हजार ९९७ मत खसेको थियो ।

कुन वडामा को विजयी  ?
शुक्लागण्डकी–१ को वडाध्यक्षमा रविचन्द्र पौडेल, शुक्लागण्डकी–२ को अध्यक्षमा सुमन मगर, शुक्लागण्डकी–३ को अध्यक्षमा सचिन भुजेल, शुक्लागण्डकी–४ को अध्यक्षमा राजकुमार वाग्ले, शुक्लागण्डकी–५ को अध्यक्षमा दीर्घबहादुर थापा, शुक्लागण्डकी–६ को अध्यक्षमा बुद्धि थापा, शुक्लागण्डकी–७ को अध्यक्षमा खड्गसिं थापा, शुक्लागण्डकी–८ को अध्यक्षमा नारायणसिं थापा, शुक्लागण्डकी–९ को अध्यक्षमा धनबहादुर थापा, शुक्लागण्डकी–१० को अध्यक्षमा राजेन्द्र भट्टराई क्षेत्री, शुक्लागण्डकी–११ को अध्यक्षमा शालिकराम भट्टराई र शुक्लागण्डकी–१२ को अध्यक्षमा इन्द्र गुरुङ विजयी हुनुभएको छ ।

भानु नगरपालिकाको कांग्रेस विजयी
तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । मेयरमा आनन्दराज त्रिपाठी र उपमेयरमा उमा गोतामे निर्वाचित हुनुभएको  हो ।

मेयरमा विजयी त्रिपाठीले १२ हजार २५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सीताराम बजगाईंले ९ हजार ४३ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयरमा निर्वाचित गोतामेले १० हजार ५४७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले ५ हजार ८१७ मत पाउनुभयो  ।

४० हजार ९६६ मतदाता रहेको भानु नगरपालिकामा २५ हजार ५७२ मत खसेको थियो । १३ वडामध्ये कांग्रेसले ९, एमालेले २ र स्वतन्त्रले २ वडामा जित हासिल गरेका छन् ।

कुन वडामा को विजयी ?
भानु–१ को वडाध्यक्षमा काङ्ग्रेसका कान्छीमाया तामाङ, वडा नम्बर २ को अध्यक्षमा एमालेका केशव त्रिपाठी, ३ को अध्यक्षमा काङ्ग्रेसका तुलकुमार गुरुङ, ४ को अध्यक्षमा काङ्ग्रेसकै अर्जुनबहादुर बोहोरा, ५ को अध्यक्षमा काङ्ग्रेसका नहकुल अधिकारी, ६ को अध्यक्षमा काङ्ग्रेसका धिरेश खनाल, ७ को अध्यक्षमा काङ्ग्रेसका खुमप्रसाद श्रेष्ठ, ८ को अध्यक्षमा काङ्ग्रेसका इश्वरबहादुर घिमिरे, ९ को अध्यक्षमा एमालेका मिन गुरुङ, १० को अध्यक्षमा काङ्ग्रेसका हरिहर उप्रेती, ११ को अध्यक्षमा स्वतन्त्रका विमलराज जोशी, १२ वडा नं १२ मा काँग्रेसका बेलबहादुर अधिकारी र वडा नं १३ स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button