तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुर उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै

दाङ। तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा काँग्रेसका गेहेन्द्र गिरीले सात हजार ६८७ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का टीकाराम खड्काले सात हजार ४८६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा एमालेकी स्यानी चौधरीले ६ हजार ९६१ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर रानाले पाँच हजार ९४७ मत प्राप्त गर्नुभएको छ । हालसम्म १८ हजार १९३ मत गणना भएको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका–५ को वडाध्यक्षमा काँग्रेसका वीरेन्द्रकुमार शाह एक हजार ७१५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पोख्रेलले एक हजार २१ मत प्राप्त गर्नुभएको छ ।

यसअघि तुलसीपुर–१ मा गठबन्धनबाट होमकान्त सापकोटा निर्वाचित हुनुभएको छ । वडा नं २ बाट नेकपा (एमाले)का भीमबहादुर कवर योगी, तुलसीपुर–४ मा गठबन्धनबाट माओवादीका तुलसी थापामगर निर्वाचित भइसक्नुभएको छ । अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं ३, ६ र ७ को मतगणना जारी छ । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदातामध्ये ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button