तपाईँ सुन्दै हुनुहुन्छः

निजगढ नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

बारा । बाराको निजगढ नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार सुरथ पुरी र उपप्रमुखमा सोम माया थिङ (मुना) विजयी हुनुभएको छ ।

पुरीले गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका सुरेश कुमार खनाललाई ६ सय ५२ मतले पराजित गर्नुभएको निजगढ नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले जानकारी दिनुभयो ।

उपप्रमुखमा विजयी थिङले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रविराज दंगाललाई १ सय ४१ मतान्तरले पराजित गरेकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button