छायाँनाथ राराको नगर प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी

मुगु । मुगु जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको प्रमुखमा पुन काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार विस्न कुमार भाम र उपप्रमुखका उम्मेदवार ऐश्वर्य मल्लले जित हासिल गरेसँगै नगरपालिकामा काँग्रेसले दोस्रो पटक जितेको हो । । यस अघि २०७४ को स्थानीय चुनावमा पनि काँग्रेसले यस नगरपालिका जितेको थियो ।
मुख्य निर्वाचन कार्यालयका अनुसार नगरप्रमुखका विजेता भामले ४ हजार ५ सय ९९ मत ल्याउनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार डम्बर रावलले ३ हजार ८ सय ६० मत प्राप्त गर्नु भएको थियो । भामले ७ सय ३९ मतान्तरको अन्तरले जित हात पारेका थिए ।
यस्तै उपप्रमुखका उम्मेदवार ऐश्वर्य मल्लले ४ हजार ३ सय २५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी टोमा लामा बुढाले ल्याएको ३ हजार ७ सय १७ मतमा ६ सय ८ मत बढी ल्याउँदै विजय हुनु भएको थियो ।
नगरपालिकाका १४ वडाहरू मध्ये काँग्रेसले ६ वडा अध्यक्ष सहित ३६ सदस्य जित हासिल गरेको छ भने नेकपा एमालेले ७ वडा अध्यक्ष सहित २९ जना र समाजवादीले १ वडा अध्यक्ष सहित २ जना अनि माओवादीका ३ सदस्यले जितेका छन् ।
वडा नं १ मा पदमराज मल्ल ३ मा नन्द बहादुर रावल, ५ मा राजु कामी, ७ मा गगन बहादुर शाही, ८ मा कर्ण बहादुर रावल र १४ मा जुन बहादुर खड्का नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै २ मा परेगराज चौलागाई,४ मा लक्ष्मी प्रसाद भाम, ६ मा खेम रावल, ९ मा वृष रोकाया, १० हस्त बुढा १२ आइतराम बुढा, १३ वीर बहादुर खड्का एमालेबाट र वडा नं ११ मा कुन्जुमा कुमाई नेकपा समाजवादीबाट वडा अध्यक्षमा निर्वाचित भएकी छन् ।
छायाँनाथ राराको कुल मतदाता १२ हजार ४ सय ७७ मतदाता रहेकोमा १० हजार ४ सय ४७ मत खसेको थियो ।







प्रतिक्रिया राख्नुहोस्