भोजपुरमा स्थानीय तह निर्वाचनको मतगणना स्थल बनाइँदै

भोजपुर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा मतगणना स्थल बनाउन थालिएको छ ।
भोजपुरमा रहेका २ नगरपालिका र ७ वटै गाउँपालिकाहरूमा मतगणनाका लागि गणना स्थल निर्माण गरिएको हो ।
मतगणनामा कुनै पनि अप्रिय घटना हुन नदिन र सुरक्षित मतगणनाका लागि मतगणना स्थल सुरक्षित बनाउने र सिसी क्यामेरा जडानको कार्य पनि भएको निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन् । मत गणनाको संवेदनशीलतालाई ध्यानमा राखेर तयारी गरिएको निर्वाचन अधिकृतहरूको भनाई रहेको छ ।
जिल्लाको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका मतगणना स्थल बनाई सकिएको प्रमुख प्रशासकीय अधिकृत किरण निधी तिवारीले बताउनुभयो ।
निर्वाचनको मतगणना पालिका स्तरमा नै हुने भएकाले आ-आफ्नो पालिकाहरूमा गणना स्थल बनाइएको हो ।








प्रतिक्रिया राख्नुहोस्