तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई वटा अध्यादेश जारी गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश,  २०७९  अध्यादेशहरू जारी गर्नु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button