थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार १० जनाको नमुना परीक्षण गरिएको थियो । दुई हजार ९०५ जनाले पिसिआर र एक हजार १०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २१ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७८९ पुगेको छ । निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा २२ हजार १०६ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २०१ रहेको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेसनमा २०० र संस्थागत आइसोलेसन र आइसियुमा एक जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरू कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा इलाम, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, पाँचथर, पर्सा, सप्तरी, रौतहट, सर्लाही, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, रुकुम पूर्व, कपिलवस्तु, गुल्मी, बाँके, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालिकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा रहेका छन् ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ५८, ललितपुरमा १० र भक्तपुरमा चार सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्