तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँमा पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभा जारी

काठमाडौँ । पाँच दलीय गठबन्धनको काठमाडौँमा संयुक्त चुनावी सभा जारी छ ।

संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ७७ जिल्लाका मतदातालाई पाँच दलीय प्रगतिशील गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । 

अध्यक्ष नेपालले देशलाई अगाडि बढाउन, भ्रष्टाचारलाई शून्य पारी सुशासन कायम गर्न, शिक्षा, स्वास्थ्य, उद्योगधन्दाको विकास, शुद्ध खानेपानी, सुन्दर बस्तीको विकास गर्न गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक विकास र राजनीतिक स्थिरता कायम गर्न गठबन्धन आवश्यक भएकाले केही मानिसले गठबन्धनलाई कमजोर पार्न खोजेको बताउनुभयो । 

नेता पौडेलले गठबन्धनलाई बलियो बनाउनुपर्ने, पुरानो सङ्कीर्ण सोचलाई परिवर्तन गरी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

सभालाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसीले काठमाडौँ महानगरपालिका मुलुककै महत्त्वपूर्ण ठाउँ भएकाले गठबन्धनका उम्मेदवारलाई इमानदारीताका साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  

सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाकी साझा मेयर  सिर्जना सिंह र उपमेयर रामेश्वर श्रेष्ठले आफूहरूले महानगरको नेतृत्व गरेपछि महानगरलाई घर बनाउने, सबैलाई समान अवसर, सुशासन भ्रष्टाचारमुक्त, अस्तव्यस्त, धुलो काठमाडौँलाई व्यवस्थित गर्ने, कला संस्कृतिलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button