तपाईँ सुन्दै हुनुहुन्छः

गोली र सालकको खपटासहित पक्राउ

काठमाडौँ।काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी छन् ।

काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदाम नजिकको कोठामा गोली र सालकको खपटासहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीमाथि मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–६ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button