तपाईँ सुन्दै हुनुहुन्छः

गभर्नर अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ ।

file photo

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले यसअघि न्यायाधीश हरि फुयाँलको एकल इजलासले गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले गभर्नरमाथि जाँचबुझ गर्न गठन हुने समितिको नेतृत्वमा सर्वोच्च अदालतको पूर्व न्यायाधीश रहने प्रावधानमाथि व्याख्या हुनुपर्ने भन्दै गभर्नर अधिकारीलाई काममा फर्किन पाउने गरी अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

तीन दिनदेखिको निरन्तर सुनुवाइ टुङ्ग्याई सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिँदै अदालतले नियमित रुपमा मूल मुद्दामाथि सुनुवाइ गर्ने र त्यतिन्जेलसम्म गभर्नर अधिकारीले नियमित काम गर्न पाउने भएका छन् ।

मन्त्रिपरिषद् बैठकले गत चैत २४ गते गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न समिति गठन गरेपछि उहाँ निलम्बनमा पर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button