तपाईँ सुन्दै हुनुहुन्छः

दाबी विरोध नपरे मकवानपुरमा एमालेबाट तीन जना वडा सदस्य निर्विरोध निर्वाचित हुने

मकवानपुर । दाबी विरोध नपरे आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अघि नै मकवानपुरमा नेकपा एमालेबाट तीन जना वडा सदस्य निर्विरोध हुनु हुने भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा २ जना र मकवानपुरगढी गाउँपालिकामा एक जना वडा सदस्य निर्विरोध निर्वाचित हुनु हुने भएको हो ।

एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गराउनु भएकी ईन्द्रसरोवर गाउँपालिका–१ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दमाई र सुनारको उक्त वडामा एकल उम्मेदवारी परेको इन्द्रसरोबर–२ स्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।त्यस्तै जिल्लाको मकवानपुरगढी गाउँपालिकामा पनि नेकपा एमालेबाट एक जना वडा सदस्य निर्विरोध निर्वाचित हुनु भएको छ ।

एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गराउनु भएकी मकवानपुरगढी–७ की तिर्थ कुमारी ल्वाहगुन निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । ७ नम्बर वडाको दलित महिला सदस्य ल्वाहगुनको मात्र एकल उम्मेदवार परे सँगै उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो । उहाँहरूको विजयको औपचारिक घोषणा हुन् भने बाँकी नै छ ।  तीनै जना विरुद्ध कुनै  दाबी विरोध नपरे उहाँहरू  निर्विरोध निर्वाचित हुनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button