तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता साझेदार दलका तर्फबाट काठमाडौँ महानगर प्रमुखमा सिर्जना सिंहको उम्मेदवारी

काठमाडौँ । स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली काङ्ग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा पुगेर उहाँले प्रमुखको उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको उम्मेदवारीको प्रस्तावकमा वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र समर्थक नीलकाजी शाक्य रहनुभएको छ । 

उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै उहाँले आफूले महानगरभित्रका गृहिणीका लागि भत्ताको व्यवस्था गर्ने, महानगरवासीलाई वडा स्तरबाटै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, महिलामैत्री काठमाडौँ निर्माण गर्ने र महानगरका  महिला तथा युवा वर्गलाई रोजगारमूलक तालिमको व्यवस्था गर्ने बताउनुभयो । 

आजै काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button