तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा डोजर दुर्घटना : दुई जनाको मृत्यु

सल्यान । सल्यानमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ६ स्थित मैढोले ठुलापोखरा हुँदै जामुनेचौर जानेबाटोे डबल कटिङ गर्दै गरेको रा १ क ७१९ नम्बरको डोजर शनिबार राती दुर्घटना हुँदा चालक दाङ बबई गाउँपालिका हापुरे ४ घर भएका ३३ वर्षीय देबराज खत्री र सह–चालक छत्रेश्वरी गाउँपालिका १ दमाचौरका अन्दाजी १८ वर्षीय चित्र बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

चालक खत्रीको दुर्घटना स्थलमै मृत्यु भएको हो भने दुर्घटनामा परी गम्भीर घाइते भएका सहचालक विकको सल्यान अस्पताल जिल्ला सल्यानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका बागचौर नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३० का धन बहादुर वलीको अवस्था भने सामान्य रहेको जनाइएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button