चौतारा प्रमुख अमानसिं तामाङले द्वारा पदबाट राजीनामा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले पदबाट राजीनामा दिनुभएको छ ।
२०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी बनेका तामाङले आज राजीनामा दिनुभएको हो ।
आउँदो वैशाख ३० गते हुने निर्वाचनमा उनी फेरि प्रमुख पदमा पार्टीबाट सिफारिस भएका छन् । तामाङले फेरि निर्वाचनमा उठ्ने दाबी गर्नुभएको छ ।
निर्वाचन आयोगको प्रावधानअनुसार आउँदो निर्वाचनमा उम्मेदवारी दर्ता गराउने जनप्रतिनिधिले राजीनामा दिनुपर्नेछ । जिल्लाका प्राय दोहोरिने जनप्रतिनिधि धेरैले राजीनामा दिन लागिएको बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्