तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

धनगढी  ।  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको प्रदेश निर्वाचन अधिकारी प्रेम राज भट्टले बताउनुभयो । अब यो कार्यालयको मातहतमा कैलालीका १३ वटै पालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालय रहने उहाँले बताउनुभयो । 

मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना कार्यक्रम प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, निर्वाचन अधिकारी लगायतको सहभागिता रहेको थियो । कैलालीको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश जयानन्द पनेरु तोकिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button