धनुषा जिल्लामा टाइफाइड विरुद्धको खोप अभियान सुरु

जनकपुरधाम । धनुषा जिल्लामा आजदेखि टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ ।
१५ महिना देखि १५ वर्षका बालबालिकालाई खोप दिने कार्य आजदेखि सुरु भएको हो । बिहान ८ बजेदेखि सुरु भएको अभियान १६ गतेसम्म चल्नेछ ।
धनुषाको विभिन्न विद्यालय, मदर्शा, स्वास्थ्य संस्था तथा स्थानीय पालिकामा रहेको नियमित खोप केन्द्रमा गरेर १ हजार ६२ वटा खोप स्थापना गरेर खोप दिइएको छ ।

वैशाख १६ गतेसम्ममा २ लाख ९६ हजार २ सय ७४ जना बालबालिकालाई खोप दिने कार्य भइरहेको छ ।
विद्यालयहरूमा वार्षिक परीक्षा भए पनि खोप केन्द्रमा अभिभावकहरू बालबालिकालाई आफै ल्याएर खोप लगाउने काम गरिरहेको छ । यस पटक टाइफाइड विरुद्धको खोपप्रति सर्वसाधारणको जागरूकता बढिरहेको छ ।
यसैगरी, खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि २ हजार १ सय २४ जना स्वयंसेवक परिचालन गरेको स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिनुभयो ।
कतिपय विद्यालयहरूमा वार्षिक परीक्षा सकिएका कारण विद्यार्थीहरू विद्यालय नआए पनि अभिभावकहरूलाई घर घरमा जानकारी दिएकाले आफै खोप केन्द्रमा आ–आफ्नो बालबालिकालाई लिएर आउने गरेको छ ।
एसियाली मुलुकहरूमा नेपालमा नै पहिलो पटक टाइफाइड विरुद्धको खोप दिने काम भइरहेको छ । खास गरेर टाइफाइडको उच्च जोखिममा रहेका १५ महिनादेखि १५ वर्षका बालबालिकाहरू बढी मात्रामा हुने गरेकाले सोही समूहलाई लक्षित गरेर नेपाल सरकारले अभियानको रुपमा खोप दिइरहेको छ ।

यसैगरी, टाइफाइड खोपसँगै बालबालिकाहरूलाई दिनमा छुटेका नियमित खोप दिने कामसँगै भइरहेको छ ।
खोप कार्यक्रम प्रति सर्वसाधारणको जागरूकता भएका कारणले धनुषाका प्रायः खोप केन्द्रमा बिहानदेखि नै भिड भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत रामबाबु ठाकुरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्