तपाईँ सुन्दै हुनुहुन्छः

ढुक्क भएर निर्वाचनमा लाग्न पार्टी पङ्क्तिलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लिएको नीति र विचारले देशलाई विकास र सुशासन दिन सक्ने भएकोले ढुक्क भएर निर्वाचनमा लाग्न पार्टी पङ्क्तिलाई आग्रह गर्नुभएको छ । 

केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले देशभर एमालेको सङ्गठन बलियो बनेको भन्दै आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।

उहाँले नेता कार्यकर्ताहरूलाई सोही आत्मविश्वासका साथ अघि बढ्न निर्देशन दिँदै एमालेविरुद्ध जतिसुकै घेराबन्दी गरिए पनि त्यो सफल हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button