तपाईँ सुन्दै हुनुहुन्छः

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

पाँचथर । स्थानीय तह निर्वाचन–२०७९ प्रयोगका लागि आज पाँचथरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  

जिल्ला हुलाक कार्यालय पाँचथर फिदिमको भवनमा स्थापना मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।  

मुख्य निर्वाचन अधिकृत माननीय न्यायाधीश योगेन्द्र प्रसाद साहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, सुरक्षा निकायका प्रमुख, पाँचथर जिल्लाका क्रियाशील राजनीतिक दलका प्रमुख लगायतको उपस्थितिमा कार्यालय गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button