तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व उप निर्देशक पाण्डेको निधन

काठमाडौँ। रेडियो नेपालको पूर्व उप निर्देशक सावित्री पाण्डेको ६५ वर्षको उमेरमा गए राति निधन भएको छ ।

उहाँ लामो समयदेखि अल्जाइमर रोगबाट पीडित हुनुहुन्थ्यो । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका स्वकीय सचिव जयन्द्र पाण्डेको धर्म पत्नी स्वर्गीय पाण्डेका १ छोरा १ छोरी छन् ।

स्वर्गीय पाण्डेको निधनमा दुख व्यक्त गर्दै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले उहाँप्रति श्रद्धाञ्जली अपर्ण गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button