तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा जिप दुर्घटनामा ५ जनाको मृत्यु, ६ जना घाइते

स्याङ्जा । वालिङ् नगरपालिका डाडाखर्कमा वालिङतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्युु ६ जना घाईते भएका छन् ।


एक जना बालकसहित ५ जनाको निधन भएको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा दुर्घटना स्थल वालिङ नगरपालिका १२ डाडाखर्कका अङ्ह बहादुर दाला सोहि स्थानकी ५५ वर्षिया माया कुमारी शारु, सोहि स्थानका ३५ वर्षिय योगेन्र्द थापा, सोहि स्थानकि १८ वर्षिय नविना शारु र सोहि स्थानकि १९ वर्षिय लक्ष्मि डाला, ६० दल बहादुर थापारहेको प्रहरीले बताएको छ ।उनीहरुको टाउको र हातमा चोट लागेको छ । जिप अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको प्रहरी निरिक्षक पदमराज थापाले जानकारी दिए ।

घाईतेहरुको वालिङमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा रिफर गरिएको छ । ६५ वीर बहादुर डाला, ४५ हिरा डाला, २५ सर्मिला सारु, उहाँको सात महिने छोरा , ६१ कुल कुमारि कनौजेको मृत्यु भएको प्रहरी निरीक्षक पदम बाहदुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button