‘स्थानीय तहको निर्वाचन सम्पन्न गर्न मिडिया क्षेत्रको भूमिका महत्त्वपूर्ण’
धनगढी । निर्वाचन आयुक्त डा.जानकी तुलाधरले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न मिडिया क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।
आज धनगढीमा आयोजित स्थानीय तह निर्वाचन २०७९, मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले सञ्चार क्षेत्र लोकतन्त्रको आधार स्तम्भ भएको बताउनुभयो ।
आयुक्त तुलाधरले निर्वाचन आयोग स्थानीय तह निर्वाचनको तयारीमा धेरै अगाडि गइसकेको उल्लेख गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न आयोग कटिबद्ध रहेको बताउनुभयो ।
आयोगले यसपालि वैशाख २९ गते सम्म १८ बर्ष उमेर पुगेका सबैलाई नागरिकलाई मताधिकार दिएको जानकारी दिँदै उहाँले निर्वाचन आचार संहितलाई कडाइका साथ लागु गरिएको बताउनुभयो ।
निर्वाचन आयोगका उपसचिव सूर्य प्रसाद अर्याल, नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरी, प्रेस काउन्सिल नेपालका सदस्य हरि जोशीले सहजीकरण गर्नुभएको कार्यक्रममा कैलालीका ५० जना पत्रकारको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्