तपाईँ सुन्दै हुनुहुन्छः

वनस्पतिको व्यवस्थापनबाट देश समृद्ध बन्न सक्छ: मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले नेपालमा उपलब्ध वनस्पतिको संरक्षण तथा व्यवस्थापनबाट देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।

वनस्पति विभागको ६२ औँ वार्षिकोत्सव तथा २३ औँ वनस्पति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण गरेर मनग्य आम्दानी गर्न सकिने बताउनुभयो ।

नेपालमा पाइने जडीबुटीको माग विदेशमा समेत पर्याप्त मात्रामा रहेको बताउँदै मन्त्री यादवले संरक्षणका लागि वन मन्त्रालयले व्यवस्थापनको कार्य अगाडि बढाएको बताउनुभयो ।

मन्त्री यादवले नेपालमा वनस्पतिको संरक्षण तथा प्रवर्द्धनका लागि विशेष योगदान पुर्‍याउनुभएका प्रा. डा. कृष्णकुमार श्रेष्ठलाई राष्ट्रिय वनस्पति पुरस्कारबाट सम्मान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button