राष्ट्रपतिद्वारा स्थानीय तह निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधान बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को निर्णय एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले सुरक्षा निकायहरूको एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्