तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्न सेफहरूको महत्त्वपूर्ण भूमिका’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्नमा सेफहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

file photo

नेपाल पर्यटन तथा होटेल व्यवस्थापन एकेडेमी (नाथुम) ले आयोजना गरेको ‘बिबिसी मास्टर सेफ रिम्याच’ प्रतियोगिता २०२१ का अन्तिम चार प्रतिस्पर्धीको स्वागत तथा अभिनन्दन कार्यक्रममा उहाँले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्न नाथुमका सेफहरूले बनाएका नेपाली खानाको स्वादलाई विश्वव्यापीकरण गर्न जरुरी भएको बताउनुभयो ।

मन्त्री आलेले बेलायत ब्रोडकास्टिङका मास्टर सेफको अन्तिम चार प्रतिस्पर्धीलाई नाथुमको कार्यालयमा स्वागत गर्न पाउँदा निकै खुसी भएको बताउनुभयो ।

त्यस अवसरमा मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धनका लागि निर्मल पूर्जा निम्सलाई पर्यटन दूतका रूपमा नियुक्त गर्नुका साथै भारतका प्रख्यात बलिउड कलाकार सलमान खानसँग भर्चुअल मिटिङ गरी नेपालको पर्यटन क्षेत्रमा कोरोनाको कुनै असर नरहेको सन्देश दिएको बताउनुभयो ।

बिबिसी मास्टर सेफ रिम्याच प्रतियोगिता २०२१ का अन्तिम फाइनलिस्ट हुनेमा सन्तोष शाह, श्री एलेक्स वेब, श्री बार्ट भान डरली, सुश्री फिली आर्मिटेज (माटिन) रहेको नाथुमका प्रमुख राजेश उप्रेतीले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button