तपाईँ सुन्दै हुनुहुन्छः

खेल क्षेत्रलाई सबैले प्रेरित गर्नुपर्छ: अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकास मार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने बताउनुभएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानले आज चितवनमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले खेल क्षेत्रलाई सबैले प्रेरित गर्नुपर्ने बताउनभयो ।

उहाँले निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालाको बाँकी काम पूरा गर्ने गरी सहमति कायम भई प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराजले नागरिक स्तरबाट निर्माण सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी काम अगाडि बढाउन सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button