सामुदायिक वनमा घाँस काट्न गएका एक पुरुष बेपत्ता
चितवन । चितवनमा एक सामुदायिक वनमा घाँस काट्न गएका एक पुरुष बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १२ जनकपुरका ६५ वर्षीय राम प्रसाद धमला रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजेर ५ मिनेट जाँदा सोही वडाको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा स्थानीयले बाघको आक्रमण परेको जानकारी दिएका थिए ।
उक्त सूचना प्राप्त हुनासाथ सेना र प्रहरीको टोलीद्वारा खोजी कार्य भइरहेको छ । हालसम्म उनी फेला नपरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्