तपाईँ सुन्दै हुनुहुन्छः

सुन प्रतितोला ५००ले बढ्यो

काठमाडौँ ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० कायम भएको छ । उक्त सुन बुधबार प्रतितोला रु ९८ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार ३४५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button