तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख सापकोटाद्वारा पुलको शिलान्यास

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले बह्याणी खोलाको पुलको शिलान्यास गर्नुभएको छ ।

जुगल गाउँपालिका वडा न १ र ५ जोड्ने ६३ मिटर लामो पुलको सभामुख सापकोटाले आज शिलान्यास गर्नुभएको हो ।

पुल बनेपछि साबिकको सेलाङ र गोल्चे गाविसका स्थानीय लाभान्वित हुनेछन् । पुल निर्माण पश्चात् सेलाङ र गोल्चेका स्थानीयहरूलाई काठमाडौँ लगायत जिल्लाका पूर्वीय क्षेत्रमा आवतजावतमा सहज हुनेछ भने जुगल गाउँपालिकाको बाँकी ५ वटा वडाका स्थानीयलाई सदरमुकाम चौतारा आवतजावत गर्न सहज हुने छ ।

करिब साढे ६ करोड लागतमा बन्ने पुल जुगलको लाइफ लाइन हुने सभामुख सापकोटाले विश्वास व्यक्त गर्नुभयो ।

सभामुख सापकोटाले परिस्थिति सुहाउँदो विकास निर्माणमा केन्द्रित हुनुको विकल्प नरहेको बताउनुभयो । उहाँले राज्यको तीन तहकै सरकारलाई गुणात्मक विकास निर्माणमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

आजै सभामुख सापकोटाले बलेफी, जलबीरे, तेम्बाथान सडक निर्माणको अवस्थाबारे अवलोकन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button