१४ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
झापा । झापामा लागु औषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका–७ निवासी ५४ वर्षीय अमृत खड्कालाई १४ ग्राम ब्राउन सुगरसहित मेचीनगरबाट पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्ने क्रममा खड्कालाई उक्त परिणामको ब्राउन सुगरसहित पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्