मेलौली ५ मा एमालेबाट बलभद्र दयाल सर्वसम्मत उम्मेदवार

बैतडी । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि बैतडीका केही वडाहरूमा सर्वसम्मत उम्मेदवार छनोट गरेको छ । सोमबार वडाहरूमा बसेको पार्टीका बैठकले उम्मेदवारहरु छनोट गरेका हुन् ।
जिल्लाको मेलौली नगरपालिका वडा न.५ मा फेरी बलभद्र दयाललाई नै वडा अध्यक्षको उम्मेदवार छनोट गरिएको छ । दयाल मेलौली ५ का वर्तमान वडा अध्यक्ष समेत हुनुहुन्छ । उहाँले यसअघि २०७४को निर्वाचनमा १३ मतले चुनाव जितेका थिए ।
एमालेले वडा सदस्यका उमेदवारहरुमा केशवदत्त जोशी, बहादुर सिंह साउद, चन्द्र पुजारा र कमला सार्कीलाई छनोट गरेको पार्टी वडा कमिटी अध्यक्ष तिलक सिंह पुजाराले बताउनुभयो ।दयाल नेकपा एमाले बैतडीका जिल्ला कमिटी सचिवालय सदस्यका साथै नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य र बैतडी जिल्ला इन्चार्ज हुनुहुन्छ ।विद्यार्थी राजनीतिबाट उदाउनुभएका दयाल अनेरास्ववियुको जिल्ला अध्यक्ष हुँदै महाकाली अञ्चल कमिटीको सचिवसम्म भइसक्नुभएको छ । युवा नेता दयाल २०५६ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्