मध्यपुर यूथ र भगवती क्लबबिचको खेल बराबरीमा सम्पन्न
काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर यूथ एसोसिएसन र श्री भगवती क्लबले बराबरी खेल्दै अङ्क बाडेका छन् ।
एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा मध्यपुर र श्री भगवतीले गोलरहित बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलमा पाएको अवसरमा दुवै टोली गोल गर्न चुकेका थिए । यस बराबरीसँगै मध्यपुरले ११ खेलबाट १४ अङ्क जोडेको छ । श्री भगवतीले ११ खेलबाट १५ अङ्क जोडेको छ ।
सहिद स्मारक ‘बी’ डिभिजन दोस्रो खेलमा पनि सरस्वती यूथ क्लब र सामाजिक यूथ क्लबले १–१ को बराबरी खेल्दै अङ्क बाडेका छन् ।
बराबरीसँगै सरस्वती क्लबले लिगको दोस्रो स्थानमा उक्लिने अवसर गुमायो । लिगमा सरस्वतीले १७ अङ्क जोडेको छ । जुन दोस्रो स्थानको रानीपोखरी कर्नर टिम (आरसिटी) को भन्दा एक अङ्क कम हो । यस्तै, समान खेल खेलेको सामाजिक यूथले ११ अङ्क जोडेको छ ।
फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुनेछन् ।








प्रतिक्रिया राख्नुहोस्