सुर्खेतमा रेडियो नेपालको ७२ औँ वार्षिकोत्सव मनाइयो
सुर्खेत । रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतले रेडियो नेपालको ७२ औँ वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ ।

प्रादेशिक प्रसारण केन्द्र सुर्खेतले आज प्रसारण केन्द्र परिसरमा आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख निर्देशक गोपाल थापाले समय सुहाउँदो नवीनतम प्रविधिहरूको उपयोग गर्दै कर्णालीको कला, साहित्य, गीतसङ्गीत र संस्कृतिको संरक्षणमा रेडियो नेपाल जुटिरहेको बताउनुभयो ।
उहाँले अहिले पनि निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय, भरपर्दो समाचार र सूचना प्रवाह रेडियो नेपालबाट मात्र हुने विश्वास आम नागरिकमा रहेको बताउनुभयो ।

प्रादेशिक प्रसारण केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत आनन्द पन्तले कर्णालीका गाउँ बस्ती र दूर दराजसम्म आफ्नो प्रसारण पहुँच पुर्याएको रेडियो नेपालले आम नागरिकको अपेक्षा अनुरूपका कार्यक्रम र समाचार प्रसारण गर्दै अघि बढिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका वरिष्ठ प्रशासकीय अधिकृत नवीन प्रकाश शाक्यले रेडियो नेपालले कर्णालीका आम श्रोता अपेक्षा अनुरूपका कार्यक्रमहरू प्रसारण गरिरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्