प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जानुहुने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत्र १८ देखि २० गते सम्म मित्रराष्ट्र भारत भ्रमणमा जानुहुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चैत १९ गते हैद्रावाद हाउसमा भेटवार्ता हुनेछ ।
भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिला मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नुहुने छ । भारतीय व्यवसायीहरूलाई पनि सम्बोधन गर्ने प्रधानमन्त्री देउवाले २० चैतमा नेपाल फर्किनुअघि वाराणासीको पनि भ्रमण गर्नु हुनेछ ।
भ्रमणमा प्रधानमन्त्रीसँगै उहाँकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अन्य मन्त्री र सचिवहरू पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्