स्थानीय तहको चुनावमा गठबन्धनको प्रयास: शिक्षामन्त्री पौडेल
गलकोट । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी स्थानीय तहको चुनावमा गठबन्धनको प्रयास भइरहेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) जैमिनी नगरपालिका बागलुङले आज आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले देशमा परिवर्तनका लागि प्राप्त उपलब्धिलाई संस्थागत गर्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री पौडेलले समाजवादी क्रान्तिका लागि शक्तिशाली पार्टी निर्माणको सङ्कल्प माओवादीले गरेको बताउनुहुँदै थप सक्रिय हुन कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्