तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी मन्त्रीद्वारा आयोजना र प्रशासकीय भवनको उद्घाटन

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले स्वच्छ र शुद्ध खानेपानीको सेवा आम नागरिकलाई पुर्‍याउन सरकारले पानीको श्रोत संरक्षणको नीति लिएको बताउनुभएको छ ।

ताप्लेजुङको श्रीजंगा गाउँपालिकास्थित वडा नं तीनमा रहेको हाप्पु खोला खानेपानी आयोजनाको स्किम नं १, २ र तीनको बुधवार उद्घाटन गर्दै मन्त्री चौधरीले सरकारले एक घर एक धाराको नीति अघि सारेको बताउनुभयो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ४ करोड ९५ लाख ७१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको खानेपानी आयोजनाबाट गाउँपालिकाको २ नम्बर वडाका २ सय ३५ घर धुरीका १ हजार ४ सय १० जना लाभान्वित भएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले आयोजनाबाट ताप्लेजुङका ग्रामीण बासिन्दा लाभान्वित भएको बताउनुभयो ।

यसैगरी, खानेपानी मन्त्री चौधरीले बुधवार नै श्रीजंगा गाउँपालिकाको प्रशासकीय भवनको एक समारोहबिच उद्घाटन गर्नुभयो ।

२०७५ सालमा शिलान्यास भई गत पुस महिनामा निर्माण सम्पन्न भएका ९ वटा संरचनाको मन्त्री चौधरीले उद्घाटन गर्नुभएको गाउँपालिका अध्यक्ष टिका गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button