तपाईँ सुन्दै हुनुहुन्छः

कार्यालय समयमा मोबाइल चलाउन नदिन दक्षिण भारतको मद्रास उच्च अदालतको आदेश

काठमाडौँ । दक्षिण भारतको मद्रास उच्च अदालतले सरकारी कर्मचारीहरूलाई कार्यालय समयमा कार्यालय परिसरभित्र मोबाइल फोन र क्यामेराको प्रयोगमा प्रतिबन्ध लगाउन तमिल नाडु राज्य सरकारलाई निर्देशन दिएको छ ।

स्वास्थ्य विभागका एक कर्मचारीको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश एस.एम. सुब्रमण्यमले यस्तो आदेश दिनुभएको हो । उहाले यस सम्बन्धमा नियम बनाउन र दोषी सरकारी कर्मचारीलाई कारबाही गर्न प्रदेश सरकारलाई निर्देशन समेत दिनुभएको छ ।

सरकारी कर्मचारी, डीएस राधिकाले दायर गरेको निवेदनको सुनुवाइ गर्दै अदालतले यस्तो निर्देशन दिएको हो ।

न्यायाधीश सुब्रमण्यमको रायमा कर्मचारीले कार्यालय प्रवेश गरेसँगै मोबाइल फोन कि त स्विच अफ गर्नुपर्छ वा भाइब्रेसन-साइलेन्ट मोडमा राख्नुपर्छ ताकि छेउका कर्मचारी वा सेवाग्राहीलाई कुनै डिस्टर्ब नहोस् । यसलाई उहाँले सरकारी कार्यालयहरूमा पालना गरिनुपर्ने सामान्य अनुशासनका रूपमा अर्थ्याएउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button