धौलीगाड बृहत् खानेपानी आयोजना सरकारको प्राथमिकतामा: मन्त्री चौधरी
खलङ्गा । खानेपानी मन्त्री उमाकान्त चौधरीले जुम्लास्थित बृहत् धौलीगाड खानेपानी आयोजना सरकारको प्राथमिकतामा परेको बताउनुभएको छ ।
धौलीगाड खानेपानी आयोजना शिलान्यासका लागि आज जुम्ला पुग्नुभएका मन्त्री चौधरीले निर्माण प्रक्रिया अघि बढेकाले आफू समयमै खानेपानी निर्माण हुनेमा विश्वस्त रहेको बताउनुभयो ।
धौलीगाड खानेपानी आयोजना एक अर्ब २६ करोड रुपैयाँ लागतमा निर्माण हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले बताउनुभयो ।
उहाँले आयोजनाबाट चन्दननाथ नगरपालिकासहित गुठीचौर र तातोपानी गाउँपालिकाका ४४ हजार १६३ घरधुरी धौलीगाड खानेपानी आयोजनाबाट लाभान्वित हुने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्