तपाईँ सुन्दै हुनुहुन्छः

कुवामा डुबेर महिलाको मृत्यु

तनहुँ । पानीको कुवामा डुबेर तनहुँमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको भिमाद नगरपालिका–३ माझकोट पिपल भन्ज्याङमा कुवामा डुबेर ४६ की यमकुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको पश्चिमतर्फ रहेको कुवामा पानी लिन गएकी थापालाई डुबेको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

घट्नाबारे उहाँका श्रीमान् केयर सिंह थापाले टेलिफोन मार्फत इलाका प्रहरी कार्यालय भिमादमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button