तपाईँ सुन्दै हुनुहुन्छः

बन्दीपुरको टुडिखेलबाट खसेर बालकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर स्थित टुडीखेलबाट खसेर बुधवार एक जना बालकको ज्यान गएको छ । बन्दीपुर–२ हल्थुमका बस्ने टेक बहादुर गुरुङको १७ वर्षीय छोरा कृजन गुरुङको बुधवार साँझ बन्दीपुर स्थित टुडीखेल बाट खस्दा ज्यान गएको हो ।

साँझ खसेका गुरुङको उद्धार गरी उपचार गर्नेक्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङ टुडिखेलमा लगाइएको रेलिङ भत्किएर ३ सय मिटर तल भिरमा खसेका थिए ।
उनी भानु माध्यमिक विद्यालय, बन्दिपुरमा कक्षा ९ मा अध्ययनरत थिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button