तपाईँ सुन्दै हुनुहुन्छः

आबुधाबिमा नेपाली समुदायसँग श्रममन्त्रीको छलफल

काठमाडौँ ।संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मङ्गलवार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग छलफल गर्नुभएको छ ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन दिने र रोजगारीको प्रलोभनमा नेपालीलाई युएई ल्याउनेलाई कारबाही गर्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ९इन्टरपोल०को सहयोगमा दोषीलाई पक्राउ गर्न सकिने बताउनुभयो । वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियानअघि बढाइएको जनाउँदै उहाँले भन्नुभयो, “गैरकानुनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा पनि जोगिँदैनन् ।” उहाँले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालय तथा दूतावासका कर्मचारीसहित प्रवासी नेपाली सङ्घसंस्थाका प्रतिनिधि, गैर आवासीय नेपाली सङ्घका प्रतिनिधि र श्रमिकहरूको सहभागिता रहेको मन्त्री श्रेष्ठको निजी सचिवालयले आज जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button