तपाईँ सुन्दै हुनुहुन्छः

माधव नेपालसहित १४ सांसदको मुद्दा चैत २० गते पूर्ण सुनुवाइका लागि पेसी तोक्न आदेश

file photo

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले दायर गर्नु भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले एमाले अध्यक्ष ओलीको सो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै आगामी चैत २० गते पूर्ण सुनुवाइका लागि पेसी तोक्न आदेश दिएको हो । 

आदेशमा लिखित जवाफ परिसकेको देखिएकाले र निवेदकबाट उठाइएका संवैधानिक तथा कानुनी प्रश्नहरूको निरूपण छिटोछरितो रुपमा पूर्ण सुनुवाइको सन्दर्भमा हुन मनासिब देखिएकाले आगामी चैत २० गते  पेसी तोकी पूर्ण सुनुवाइका लागि नियमानुसार गरी पेश गर्नू भन्ने उल्लेख गरिएको छ । 

एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको पद, एकीकृत समाजवादीको वैधानिकता र सभामुखविरुद्ध छुट्टा–छुट्टै तीन वटा रिट दायर गर्नुभएको थियो । 

एमालेले यसै विषयलाई लिएर लामो समयदेखि संसद् अवरोध समेत गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button