प्रधान सेनापतिद्वारा अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी प्रेमध्वज अधिकारीलाई प्रधान सेनापति प्रभुराम शर्माले आज जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
पदोन्नति हुनु भएका उपरथी प्रेमध्वज अधिकारी राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा नियुक्ति हुनु भएको छ । कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।
मन्त्रीपरिषद्ले फागुन २६ गते अधिकारीलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्