योगलाई विज्ञानसँग जोडेर अघि बढाउनुपर्छ : उपाध्यक्ष बस्नेत

काठमाडौँ । पतञ्जलि योग समिति, युवा नेपालले राष्ट्रिय योगासन प्रतियोगिता २०७८ आयोजना गरेको छ ।
पतञ्जलि योगपिठ मण्डिखाटारमा भएको प्रतियोगितामा एकल प्रतिस्पर्धा अन्तर्गत ७ वर्षदेखि १३ बर्ष उमेर समूहमा महिलातर्फ किर्तीका के.सी. प्रथम, सुनी गुरुङ द्वितीय र दीक्षा धिमालले तृतीय स्थान हासिल गर्नुभएको छ ।
त्यसैगरी ७ वर्षदेखि १३ बर्ष उमेर समूह अन्तर्गत नै पुरुषतर्फ ध्रुव थापा मगर प्रथम, जय चौधरी द्वितीय र अविनाश नेपाल तृतीय हुनुभएको छ ।

त्यस्तै, एकल प्रतिस्पर्धा कै विधा अन्तर्गत १४ वर्षदेखि १९ बर्ष उमेर समूहको महिलातर्फ सुनिता ढकाल, मनिषा गुरुङ र बिसिका ढकाल क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ भने पुरुषतर्फ बुद्ध गुरुङ प्रथम, धिरज माझी द्वितीय र मनिस श्रेष्ठ तृतीय हुनुभएको छ ।
त्यसैगरी, २० वर्षदेखि २९ वर्ष उमेर समूहको महिलातर्फ मुना शर्मा, प्रतिमा लुइँटेल र स्वस्तिका पन्त क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ पुरुषतर्फ रोशन बिष्ट, पर्मेश्वर पौडेल र आङ्ग छिरिङ लामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ ।

त्यस्तै, ३० देखि ४० वर्ष उमेर समूहको महिलातर्फ रमा कार्की, गङ्गा पुन र रबिना बके क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ भने पुरुषतर्फ निल कमल राय, उमा शङ्कर जोशी र देब बहादुर थापा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ ।
एकल प्रतिस्पर्धा कै विद्या अन्तर्गत ४१ वर्षदेखि माथिको उमेर समूहको महिलातर्फ दुर्गा पन्त, मनिषा बडाल र सिर्जना पौडेल क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ भने पुरुषतर्फ ७५ वर्षीय हरिराम चौधरी प्रथम, नबराज खत्री द्वितीय र राज कुमार उडारी तृतीय हुनुभएको छ ।

कार्यक्रममा रिदमिक समूहगत बिधामा समेत प्रतिस्पर्धा गराइएको थियो, प्रतियोगितामा ७ औँ प्रदेशबाट गरी १ सय ५० जनाको सहभागिता थियो ।
प्रत्येक विद्या र उमेर समूह अन्तर्गत रहेर प्रथम स्थान हासिल गर्नेलाई २१००० दोस्रो स्थान हासिल गर्नेलाई १११०० र तृतीय स्थान हासिल गर्नेलाई ५१०० नगद पुरस्कारसहित प्रमाण–पत्र प्रदान गरिएको कार्यक्रम संयोजक केदार वस्ताकोटीले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटनका अवसरमा आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले भर्चुअल माध्यमबाट शुभकामना दिनुभएको थियो ।

प्रतियोगिता समापनका अवसरमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले नसर्ने र जीवन शिलाका कारण हुने रोगको नियन्त्रणका लागि योग महत्त्वपूर्ण माध्यम रहेको बताउनुभयो । उहाँले योगलाई विज्ञानसँग जोडेर अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
पतञ्जलि योगपिठ नेपालका ट्रष्टि शालिग्राम सिंहले योगको जन जनमा पुर्याउने उद्देश्यका साथ राष्ट्रव्यापी प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

युवा नेपाल समितिका मुख्य केन्द्रीय प्रभारी साधवी देववीजया, साधवी दवेक्रिपा, स्वामी अमृतदेव, युवा नेपाल समितिका केन्द्रीय संयोजक लोकनाथ खनाल, वाग्मती प्रदेश प्रभारी ग्रोविन टौजले, अजिता बस्ताकोटीलगायतका वक्ताहरूले योगको महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
युवा नेपाल समितिले गत फाल्गुन २२ गतेदेखि २७ गतेसम्म युवाहरूका लागि लक्षित गरेर १९ वर्ष मुनिका ३० जना युवाहरूको आवासीय युवा संस्कार शिविर आयोजना गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्