तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा ६६ हजार बढी मतदाता थपिए 

टीकापुर, कैलाली । कैलाली जिल्लामा ६६ हजार बढी मतदाता थपिएका छन् । अघिल्लो २०७४ सालको निर्वाचनपछि अहिले ६६ हजार ९ सय ७० जना मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । 

२०७४ सालको निर्वाचनमा कैलाली जिल्लामा ४ लाख ६० हजार ५ सय ७८ जना मतदाता रहेकोमा अहिले त्यो सङ्ख्या बढेर ५ लाख २७ हजार ५ सय ४८ पुगेको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । 

भट्टका अनुसार अहिले मतदाता नामावलीमा नाम भएका तर जीवित नभएका व्यक्तिहरूको नाम हटाउने कार्य जारी रहेकाले अहिलेको सङ्ख्यामा १/२ हजार मतदाता घट्न सक्ने सम्भावना रहेको छ । 

प्रदेश निर्वाचन कार्यालय धनगढीले मतदाताको अन्तिम नामावली आउँदो चैत्र १३ गते प्रकाशन गर्ने तयारी गरेको समेत प्रमुख भट्टले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button