मधेश प्रदेशका २ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

जनकपुरधाम । मधेश प्रदेशका दुई वटा जिल्लामा कोरोनाका १ जना पनि सक्रिय संक्रमित रहेको छैन ।
प्रदेशका सर्लाही तथा रौतहट जिल्लामा १ जना पनि कोरोनाका सक्रिय संक्रमित नभएको स्वास्थ्य निर्देशक विजय कुमार झाले जानकारी दिनु भएको छ । अहिले प्रदेशका अन्य जिल्लाहरूमा कोरोनाका सक्रिय संक्रमित भएपनि थोरै सङ्ख्यामा रहेका छ ।
पर्सा जिल्लामा सर्वाधिक १ सय ५१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ । पर्सा जिल्लामा १ जना आइसियुमा र बाँकी १ सय ५० जना होम आइसोलेसनमा रहनु भएको छ ।
यसै गरी बारा जिल्लामा पनि ७२ जना र धनुषा जिल्लामा पनि ३७ जना कोरोनाका सक्रिय संक्रमित होम आइसोलेसनमा रहनु भएको छ । अन्य जिल्लामा दोहोरो अङ्कमा संक्रमित रहेको छैन । सप्तरी जिल्लामा २ जना एचडियु र ४ जना होम आइसोलेसनमा रहेर चिकित्सकको परामर्शमा औषधि सेवन गरिरहनु भएको छ ।
सिरहा जिल्लामा ४ जना तथा महोत्तरी जिल्लामा पनि ९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । मधेश प्रदेशका प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक एवं सिनियर भाइरोलोजिष्ट डा. श्रवण कुमार मिश्रले कोरोनाको संक्रमण अहिले निक्कै घटेको बताउनु भयो ।
डा. मिश्रले कोरोना अहिले कम भएपनि यो अव निरन्तर रहने भएकाले सजगता अपनाउन आवश्यक रहेको बताउनुभयो । यो अन्य रोग जस्तै रहने भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्