तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभाको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज (आइतबार) बस्दैछ । 

यसअघि पटक–पटक स्थगन भएको बैठक झन्डै तीन महिनापछि आज बस्न लागेको हो ।बैठक दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । 

आज बैठक बस्नुअघि बिहान ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको उहाँको भनाइ थियो । उक्त बैठकले आज सदनमा पेस गर्ने कार्यसूची तय गर्ने  छ  ।

नेकपा ९एमाले०को अवरोधका कारण गत पुस ८ गते स्थगन भएको प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गतको  बैठक यसअघि पटक–पटक मिति तय भए पनि बस्न सकेको थिएन । 

यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारण देखाउँदै स्थगन गरिएको थियो ।

प्रदेशसभामा हाल १०९ सदस्य छन् । तीमध्ये नेकपा (एमाले) का ४३, नेकपा (माओवादी केन्द्र) का २३, नेपाली काँग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई, जसपाका एक सांसद छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button