मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकपको फाइनलमा प्रवेश
धनगढी । मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई टाई ब्रेकरमा चार दुई गोलले हराउँदै मनाङले फाइनलमा स्थान बनायो ।
धनगढी रङ्गशालामा भएको खेलको निर्धारित ९० मिनेट एक एक गोलको बराबरीमा सकिएको थियो । खप्तड गोल्डकपका लागि मनाङमा अनुबन्ध भएका शिशिर लेखीले गोल गरे । हिमालयन शेर्पाका सुरेश कुमालले गोल गरे ।
खेल टाई ब्रेकरमा पुग्यो । जसमा मनाङले चार दुई गोलले पराजित गर्यो ।
जसमा शेर्पाको चार वटा प्रहारमा दुई गोल मात्र हुन सक्यो भने मनाङले प्रहार गरेको चार वटा सटमा चारैमा गोल भयो ।








प्रतिक्रिया राख्नुहोस्